नियम ४९
प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने
(१) प्रतिष्ठानमा कार्यरत कुनै श्रमिकलार्इ कामको सिलसिलामा कुनै दुर्घटना भर्इ चोटपटक लागेमा तत्काल उपचार गर्नको निमित्त रोजगारदाताले कार्यस्थल परिसरभित्र आवश्यक उपचारका सामग्री सहितको प्राथमिक उपचारको व्यवस्था मिलाउनु पर्नेछ।
(२) कुनै श्रमिक कार्यस्थलमा वा रोजगारदाताले लगाएको कामको सिलसिलामा अन्य कुनै स्थानमा दुर्घटनामा परी चोटपटक लागेमा त्यस्तो श्रमिकको उपचार गर्दा लागेको खर्च सम्बन्धित मुख्य रोजगारदाताले व्यहोर्नु पर्नेछ।
तर मुख्य रोजगारदाताले ऐनको दफा ५४ वा ५५ बमोजिम श्रमिकको बीमा गराएको रहेछ भने त्यस्तो उपचार बापतको रकम बीमाबाट प्राप्त हुने रकमबाट कट्टा गरी लिन सक्नेछ।
(३) कुनै श्रमिकले कामको सिलसिलामा चोटपटक लागी चिकित्सकको सिफारिश बमोजिम अस्पताल वा घरमा बसी उपचार गराउनु पर्ने भएमा रोजगारदाताले त्यस्तो श्रमिकलार्इ अस्पतालमा बसी उपचार गराएको भए सो अवधिको पूरै पारिश्रमिक र घरमा बसी उपचार गराएको भए सो अवधिको आधा पारिश्रमिक दिनु पर्नेछ।